कोल्हबीमा नेतृत्व विकास तथा समाज निर्माणसम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न

कोल्हवी न्यूज
२०८३ आश्विन ३, शनिबार २१:५२ गते

कोल्हबी,बारा। बाराको कोल्हबीमा पीडितका शिक्षित, नेतृत्व विकास तथा समाज निर्माणसम्बन्धी एकदिने प्रशिक्षण तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ।

 

 

स्वस्तिक हिमालयन ग्रुप, काठमाडौंको आयोजनामा कोल्हबी नगरपालिका–१ स्थित होटल रोज उडमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, शिक्षा तथा समाज निर्माणका विभिन्न पक्षबारे प्रशिक्षण तथा छलफल गराइएको थियो।

 

 

कार्यक्रममा समाजमा सकारात्मक परिवर्तनका लागि शिक्षित तथा सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने विषयमा चर्चा गरिएको थियो। सहभागीहरूलाई नेतृत्व क्षमता विकाससँगै सामाजिक समस्या पहिचान, समाधानका उपाय खोजी तथा समुदायमा प्रभावकारी ढंगले काम गर्ने विषयमा समेत जानकारी दिइएको थियो।

 

 

कार्यक्रममा प्रशिक्षणसँगै सहभागीहरूबीच अन्तरक्रिया र छलफलसमेत गरिएको थियो। छलफलका क्रममा स्थानीयस्तरमा देखिएका सामाजिक समस्या, शिक्षाको अवस्था, युवाको भूमिका, नेतृत्व विकास तथा समाज निर्माणका लागि गर्न सकिने पहलका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

 

 

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सीप र सोचको विकास गर्नु रहेको थियो।

 

 

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू तथा सहभागीहरूको उपस्थिति रहेको थियो। प्रशिक्षकका रूपमा कोल्हवीकै स्थानिय तर अन्तरास्ट्रिय ख्याती प्राप्त सिमोन न्यौपाने उर्फ गोपिले गर्नु भएको थियो।

 

 

कार्यक्रममा सहभागीहरूले यस्ता प्रशिक्षण तथा छलफलले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा युवाहरूको क्षमता विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै समुदायको विकास र समाज निर्माणमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

 

 

 

एकदिने प्रशिक्षण तथा छलफल कार्यक्रमले स्थानीयस्तरमा नेतृत्व विकास, सामाजिक चेतना र सकारात्मक परिवर्तनका लागि आवश्यक बहस तथा अन्तरक्रियाको वातावरण निर्माण गरेको आयोजकको भनाइ छ।कार्यक्रममा १०० भन्दा बाढिको उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*