राप्रपाको सातै प्रदेशमा नयाँ नेतृत्व : कोको चुनिए ?

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १८:०५ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सातै प्रदेशमा नयाँ नेतृत्व पाएको छ। गत आइतबार सातवटै प्रदेशमा एकैसाथ सुरु भएको अधिवेशनबाट राप्रपामा नयाँ नेतृत्व चुनिएको हो। राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ को नेतृत्वमा राम थापा अध्यक्ष बनेका छन्।

यसैगरी प्रदेश २ मा भरत गिरी अध्यक्ष बनेका छन्। यस्तै बागमती प्रदेशमा विक्रम बहादुर थापा, गण्डकी प्रदेशमा हेमजङ्ग गुरुङ, लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा धर्मराज जोशी अध्यक्ष बनेको श्रेष्ठले जानकारी दिएका हुन्।

राप्रपा महाधिवेशन ११, १२ र १३ मंसिरमा काठमाडौंमा हुँदैछ। राप्रपाले पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन गर्ने गरी यसपटक प्रतिनिधि चयन गर्दै छ।

यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो। प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रूपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*