‘ए’ डिभिजन लिगका सुरुआती दुई चरणका खेल दशरथ रंगशालामा हुने

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १७:५४ गते

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पहिलो र दोस्रो चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले खेल मैदानलाई परिवर्तन गरेर सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा राखेको हो । यसअघि दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुने बताइएको थियो ।

मंसिर ३ गतेबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनको दिनमा एक खेल भए पनि त्यसपछि पहिलो चरणमा दिनको दुई खेल रहेका छन् ।

दोस्रो चरणमा पनि मंसिर १२ गतेबाहेक अरू दिन दिनको दुई खेल हुनेछन् । पहिलो खेल १ बजे तथा दोस्रो खेल साढे ४ बजेबाट हुनेछन् ।

यो पटक लिगको विजेताले ७५ लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले ५० लाख रुपैयाँ हात पार्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*