कुशेऔँशी पर्व आज: घरघरमा कुश भित्र्याउँदै, बाबुको सम्मान र पितृको सम्झना गर्दै
वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने धार्मिक परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर ल्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्न मिल्ने शास्त्रीय मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले बताएका छन्।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गरेका थिए।
बाबुको सम्मान र पितृस्मरण
कुशेऔँशीलाई बाबुको सम्मान गर्ने दिनका रूपमा समेत मनाइन्छ। जीवित बाबुलाई छोराछोरीले आफूलाई मन पर्ने मिठाई तथा परिकार खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने परम्परा छ।
बाबुको निधन भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर दिवंगत पिताको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार बाबुलाई श्रद्धापूर्वक सम्मान गर्दा सुख, शान्ति र आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ।
गोकर्णमा विशेष मेला
कुशेऔँशीका अवसरमा काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको










