जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगन्जमा

कोल्हवी न्यूज
२०८३ भाद्र २४, बुधबार ११:४३ गते

वीरगन्ज — जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगन्जमा आयोजना गर्ने भएको छ। महाधिवेशन वीरगन्जस्थित टाउन हलमा हुने पार्टीले जनाएको छ। महाधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचनसम्बन्धी तयारी पनि अघि बढाइएको छ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार जिल्लाबाट मनोनीत महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ। त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन, भदौ ३० गते दाबी–विरोध र भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ।

महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यलगायत विभिन्न पदमा नयाँ नेतृत्व चयन गरिनेछ। त्यसका लागि असोज १ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

त्यसपछि असोज २ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, असोज ३ गते दाबी–विरोध, असोज ४ गते उम्मेदवारी फिर्ता र असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने पार्टीले जनाएको छ।

महाधिवेशनको अघिल्लो दिन अर्थात् असोज ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। त्यसको भोलिपल्ट असोज १० गते महाधिवेशनको उद्घाटनसँगै मतदान प्रक्रिया सुरु गरिनेछ।

मतदान सम्पन्न भएपछि असोज ११ गते मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

जनमत पार्टीले दोस्रो महाधिवेशनलाई नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने अवसरका रूपमा लिएको छ। महाधिवेशनबाट आगामी राजनीतिक रणनीति तय गर्ने तयारीसमेत पार्टीको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*