हेटौंडाको फरेष्टि झाडीमा फेला परेको सवको अझै सनाखत हुन सकेन
सोमबार हेटौँडा १० फरेष्टी स्थित बाटो छेउको झाडीमा फेला परेको एक जना पुरुषको शवको अझै पहिचान हुन नसकेपछि मकवानपुर प्रहरीले मंगलबार मृतकको तस्बिर सार्वजनिक गरेको छ।
झाडीमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५÷४० बर्षको पुरुष शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मृतकको हुलिया गहुँ गोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, कपाल छोटो कालो, जुगाँ र हल्का दाह्री भएको, अंन्दाजी ५ फिट ४ ईन्च उचाई भएको, निलो,खैरो, रातो हुकको एडीडस छातीमा लेखेको, कालो कपडाको पाईन्ट, अगाडी प्रिन्टेट भएको कालो रङको टिसर्ट र बेल्ट लगाएको पुरुषको सवको अझै सनाखत हुन नसकेकोले सव पहिचानको लागि तस्बिर सार्वजनिक गरेको र चिन्नुहुने माहानुभावले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोेध गरेको छ ।









