न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वोच्चको एनेक्स हलमा छलफल हुने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए ।
सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजको छलफलबाट थप निर्णय हुने ठानिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन् ।









