शिवम् सिमेन्ट्सको नाफा २८ प्रतिशतले घट्यो, इपिएस कति ?

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १०:५१ गते

 

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद मुनाफा गिरावट आएको छ ।

समिक्षा अवधीसम्ममा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २८।२३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी भने १४।४९ प्रतिशतले बढेर २ अर्ब २० करोड ६७ लाख रुपैयाँ पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी १ अर्ब ९२ करोड ७३ लाख रुपैयामा सिमित थियो ।
समिक्षा अवधिमा कम्पनीको आम्दानी बढेपनि खर्च बढ्दा खुद मुनाफामा गिरावट आएको हो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ५ अर्ब ६१ करोड ४१ लाख रुपैया सञ्चित छ । कम्पनीको जगेडाकोषको आकार अघिल्लो आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा ५।२५ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० १८ रुपैयाँ ९३ पैसा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस २६ रुपैयाँ ३८ पैसा थियो ।कम्पनीको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनूपात ६९।९४ गुणा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*