बाढीपीडितको खोज, उद्धार र राहतका लागि हिमालयन बुलियनको २१ लाख सहयोग

कोल्हवी न्यूज
२०८३ भाद्र ११, बिहीबार १९:१५ गते

काठमाडौं । बागमती–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

 

 

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार तथा आवश्यक परे पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ।

 

 

प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला निजी क्षेत्रबाट गरिएको सहयोगले राहत तथा उद्धारका सरकारी प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। हिमालयन बुलियनले संकटको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको पीडामा साथ दिने प्रतिबद्धता जनाएको छ।

 

 

 

कम्पनीले बाढीका कारण ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कम्पनीका सञ्चालक राकेश कुमार अडुकियाले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

 

 

 

कम्पनीले प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक परे थप सहयोग गर्नसमेत प्रतिबद्ध रहेको जनाएको छ।नेपालको चाँदी व्यवसायमा स्थापित कम्पनीका रूपमा परिचित हिमालयन बुलियनले हालै आईपीओमार्फत सर्वसाधारणलाई समेत आफ्नो स्वामित्वमा सहभागी गराएको छ। कम्पनीका अनुसार व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै अघि बढ्ने नीति लिइएको छ।

 

 

 

बाढी तथा प्राकृतिक विपत्तिको समयमा सरकारको प्रयाससँगै निजी क्षेत्र, व्यावसायिक प्रतिष्ठान तथा सामाजिक संघसंस्थाले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ। हिमालयन बुलियनले घोषणा गरेको २१ लाख रुपैयाँ सहयोगले विपत्तिमा निजी क्षेत्रको सामाजिक भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ।

 

 

 

 

कम्पनीले बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल राहतदेखि आवश्यक पुनःस्थापनाका काममा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*