रसुवाको बाढीपछि ४७७ जना सम्पर्कविहीन, ३८४ पर्यटक

कोल्हवी न्यूज
२०८३ भाद्र १०, बुधबार १८:१६ गते

रसुवा । रसुवामा बुधबार बिहान अचानक आएको बाढीपछि सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा स्वदेशी–विदेशी पर्यटकसहित ४७७ जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी तथा ३८४ जना पर्यटक रहेका छन् । पर्यटकतर्फ २९१ जना विदेशी र ९३ जना नेपाली रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जानकारी दिए ।

त्यस्तै, रसुवागढी भन्सारमा कार्यरत १४ जना कर्मचारी पनि सम्पर्कविहीन छन् । उनीहरूको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन भएका पर्यटकमध्ये १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेको पर्यटन बोर्डले जनाएको छ । विभिन्न निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा विवरण संकलन भइरहेको छ ।

बुधबार बिहान करिब साढे ८ बजे चीनको तिब्बतबाट आएको अचानकको बाढी भोटेकोसी नदीमा मिसिएपछि रसुवासहित नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*