बाढी प्रभावित जिल्लामा राहतका लागि सरकारले थप्यो साढे २ करोड
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका जिल्ला विपद् व्यवस्थापन कोषमा सरकारले थप साढे २ करोड रुपैयाँ निकासा गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा बैठकमा रसुवा बाढीबारे जानकारी दिँदै सरकारले थप रकम निकासा गरेको बताएका हुन् ।
उनका अनुसार रसुवा र नुवाकोटको जिल्ला विपद् व्यवस्थापन कोषमा १–१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ थप गरिएको छ ।
मन्त्री खनालले बाढी प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।










