पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु
२०८३ भाद्र १०, बुधबार ०६:४६ गते
रौतहट । रौतहटको परोहा नगरपालिका–५ रमनगरमा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम मंगलबार सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए। डुबेको अवस्थामा उद्धार गरिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।










