पटेर्वा सुगौली–१ मा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु

कोल्हवी न्यूज
२०८३ भाद्र १०, बुधबार १२:२४ गते

पर्साको पटेर्वा सुगौली–१ मा ट्रयाक्टरले किच्दा बाराका १७ वर्षीय आकाश रामको मृत्यु भएको छ।

दुधेश्वरनाथ महादेव मन्दिर नजिक मंगलबार ट्रयाक्टरबाट खसेका रामलाई सोही ट्रयाक्टरले किचेको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फरार ट्रयाक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*