नेपाली बजारमा बुधबार सुनको भाउ घट्यो, चाँदी बढ्यो
२०८३ भाद्र १०, बुधबार १२:२३ गते
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ३ लाख २२ हजार १ सय रुपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेर ४ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।










