भाेली भदौ १० गते मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्पष्ट पारेको हो।
मुस्लिम आयोगबाट भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सोही दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरी, मधेश प्रदेश सरकारले पनि सोही दिन प्रदेशमा मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने निर्णय गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै मोहम्मद जयन्ती परेको दिन मुस्लिम धर्मावलम्बीलाई बिदा दिने जनाएको हो।










