नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, दुईतर्फी आवागमन छिट्टै

कोल्हवी न्यूज
२०८३ भाद्र ८, सोमबार १५:१७ गते

काठमाडौं । नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि चरणबद्ध रूपमा परीक्षण सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार बिहान ९ बजेदेखि ९ सिटसम्मका कार, जिप र भ्यानसहित सरकारी, एम्बुलेन्स तथा आपत्कालीन सवारीलाई साँझ ६ बजेसम्म सुरुङमार्ग प्रयोग गर्न दिइएको छ।

सुरुङमार्गको अवस्था र ट्राफिक व्यवस्थापन मूल्याङ्कनपछि एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी छ। सञ्चालन समय पनि क्रमशः बिहान ७ बजेदेखि राति ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्‍याउने योजना छ।

करिब २४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुंगाको जाम घट्नुका साथै काठमाडौं–नौबिसे यात्राको समय कम हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*