गरिमा चौधरी हत्या प्रकरणमा थप एक जना पक्राउ, नियन्त्रणमा लिइनेको संख्या ९ पुग्यो
बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही क्षेत्रका विद्यार्थी प्रदीप खड्का रहेका छन्। घरबाट हराएको तीन दिनपछि गत भदौ २ गते गरिमा मृत अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रदीप खड्कासहित घटनाको अनुसन्धानका क्रममा हालसम्म ९ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूको घटनामा संलग्नता र भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










