अब हरेक वर्ष साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

कोल्हवी न्यूज
२०८३ भाद्र ८, सोमबार १५:१५ गते

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तोक्ने सहमति जुटेको हो।

समिति सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने निश्चित मितिजस्तै अब मौद्रिक नीतिको मिति पनि निश्चित गर्न लागिएको जानकारी दिए।

बैठकमा बैंकर्स एसोसिएसन तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंक ऐनको दफा १०० मा रहेको कारबाहीसम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले उक्त व्यवस्था संशोधन गर्न माग गरे पनि हालको विधेयकमा सो दफा संशोधनका लागि खुला नगरिएकाले तत्काल अघि बढाउन नसकिएको समितिले जनाएको छ।

समितिले वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनी जटिलता समाधान गर्दै व्यवस्थालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*