संघीय सरकारको स्वीकृतिबिनै भारत भ्रमणमा मधेसका मुख्यमन्त्री यादव

कोल्हवी न्यूज
२०८३ भाद्र ८, सोमबार १५:०६ गते

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको पूर्वस्वीकृतिबिनै भारत भ्रमणमा गएको खुलेको छ।

प्रदेशका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित प्रसिद्ध बाबा वैद्यनाथ धाम पुगेका थिए। भ्रमणमा प्रदेश सरकारका केही मन्त्री र मुख्यमन्त्रीका स्वकीय सचिवसमेत सहभागी थिए।

मुख्यमन्त्री यादव आइतबार राति मधेस प्रदेश फर्किएका छन्। भ्रमणका क्रममा उनी धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएको बताइएको छ।

प्रदेशका मुख्यमन्त्री तथा मन्त्री विदेश भ्रमणमा जाँदा संघीय सरकारसँग समन्वय र आवश्यक स्वीकृति लिने अभ्यास भए पनि यादवको भ्रमणका लागि संघीय सरकारबाट कुनै निर्णय वा स्वीकृति नभएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*