जारी टप एण्ड टी–२० मा नेपाल ‘ए’ आज हबर्ट हरिकेन्ससँग भिड्दै
अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
नेपाल ‘ए’ले प्रतियोगितामा खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ सँग ९ विकेटले हारेको थियो।
लगातार दुई हारपछि नेपाल ‘ए’ आज हबर्टविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। घरेलु परिस्थितिको फाइदा उठाउँदै हबर्ट पनि नेपाल ‘ए’लाई दबाबमा राख्ने प्रयासमा हुनेछ।
नेपाल ‘ए’को टोलीमा कप्तान अनिलकुमार साहसहित मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्रे रहेका छन्।










