गरिमा चौधरी प्रकरणका भिडियो सार्वजनिक भएकोमा रास्वपा महामन्त्री आचार्यको आपत्ति

कोल्हवी न्यूज
२०८३ भाद्र ८, सोमबार १३:५६ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले तीन वर्षीया गरिमा चौधरीका आमाबुबा र घटनाका आरोपितसँग सम्बन्धित भिडियो सार्वजनिक भएकोप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले संवेदनशील घटनामा पीडित परिवार र आरोपितका भिडियो सार्वजनिक गर्ने प्रवृत्ति रोक्न सरकारसँग माग गरे।

उनले गृह मन्त्रालयमा गरिमाका आमाबुबाले सरकारको पहलप्रति धन्यवाद दिएको भिडियो खिचेर सार्वजनिक गर्नु तथा अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा आरोपितले बोलेका कुरा बाहिर ल्याउनु गम्भीर विषय भएको बताए।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा साउन ३१ गते घरबाट हराएकी थिइन्। खोजीका क्रममा तीन दिनपछि उनको शव फेला परेको थियो।

घटनामा पक्राउ परेका एक किशोरसँग अस्पतालमा गरिएको सोधपुछको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। आचार्यले यस्तो गतिविधिले अनुसन्धानको संवेदनशीलता र कानुनी प्रक्रियाको मर्यादा प्रभावित हुने भन्दै रोक्नुपर्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*