बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदै

कोल्हवी न्यूज
२०८३ भाद्र ८, सोमबार ११:४८ गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री थापामगरले विश्वासको मतका लागि एमाले र नेकपाको समर्थन पाएका छन्। दुवै दलले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

सरकारलाई समर्थन गरेको राप्रपाभित्र भने विश्वासको मतलाई लिएर विवाद देखिएको छ। राप्रपाका केही सांसद मुख्यमन्त्रीको पक्षमा देखिएका छन् भने प्रमुख सचेतकले विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।

राप्रपाका १२ सांसद रहेकाले उनीहरूको मतदानले मुख्यमन्त्री थापामगरको विश्वासको मतमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। अन्तिम अवस्था भने प्रदेशसभा बैठकमा मतदान भएपछि मात्रै स्पष्ट हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*