विद्युतमा आत्मनिर्भर नेपालमा कर बढाएर खपत निरुत्साहित गरिँदैछ : घिसिङ

कोल्हवी न्यूज
२०८३ भाद्र ७, आईतवार १६:०५ गते

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा कर लगाउने सरकारको नीति गलत भएको बताउनुभएको छ। रामेछापमा आयोजित कार्यक्रममा उहाँले विद्युत खपत बढाउनुपर्ने समयमा कर लगाएर सर्वसाधारणलाई निरुत्साहित गरिएको आरोप लगाउनुभयो।

नेपालमा दैनिक करिब १ हजार मेगावाट विद्युत खेर गइरहेको भन्दै घिसिङले स्वदेशी विद्युतको खपत बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्युतीय सामग्री तथा विद्युत उपभोगमा लगाइएको कर तत्काल हटाउन माग गर्नुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*