मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान

कोल्हवी न्यूज
२०८३ भाद्र ५, शुक्रबार १५:२८ गते

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी भदौ ७ गते विश्वासको मत लिने भएका छन्।

बागमती प्रदेश सभाका सभामुखले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक निर्धारण गरेका छन्।

उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपछि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य तथा सरोकारवालाको जानकारीका लागि बैठकसम्बन्धी सूचना प्रकाशित गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*