मनहरीको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न योगेश भट्टाई आउदै

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार ०६:३८ गते

नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका सचिव तथा प्रचार प्रसार प्रमुख योगेश भट्टाई मनहरी आउनु हुने भएकोछ । आउदो मंसिर २ गते मनहरीको अग्नि होत्रा आश्रम मनहरी ९ रजैयामा हुने सपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा आउनु लाग्नु भएको नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले जानकारी दिनु भयो । भट्टाई मनहरी आउने भएपछि उहाँको स्वागत लागि तयारी समेत थालिएको छ । राजनैतिक दल र भातृ संघ संगठनहरुले स्वागत गर्ने गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*