अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिनका लागि बन्द

कोल्हवी न्यूज
२०८३ असार ११, बिहीबार ०७:३३ गते

Vector illustration of High school building. Vector School Building

वीरगञ्ज । अत्यधिक गर्मी र तातो हावाको प्रभाव बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै असार ११ गतेदेखि लागू हुने गरी बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जनाएको हो। उक्त बिदा वार्षिक वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिएको छ।

महाशाखाका अनुसार पछिल्ला दिनहरूमा बढ्दो तापक्रम र लूका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

सूचनामा बालबालिकाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै चार दिनका लागि पठनपाठन स्थगित गरिएको उल्लेख गरिएको छ।

पछिल्लो समय तराई–मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै जाँदा जनजीवन प्रभावित बन्दै गएको छ। अत्यधिक गर्मीका कारण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*