बालिका हत्या प्रकरणमा सांसद अन्सारीले उठाए प्रहरीमाथि प्रश्न

कोल्हवी न्यूज
२०८३ भाद्र ३, बुधबार १६:४५ गते

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले जीतपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या भएको घटनामा प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अन्सारीले बालिका बेपत्ता भएपछि खोजी तथा अनुसन्धानमा प्रहरीले अपेक्षित सक्रियता नदेखाएको आरोप लगाए। स्थानीयले शव फेला पारेपछि मात्रै प्रहरी र तालिमप्राप्त कुकुर घटनास्थलमा पुगेको उनको भनाइ थियो।

इलाका प्रहरी कार्यालय सिमराको कमजोरी र फितलो सुरक्षा व्यवस्थाका कारण घटना भएको दाबी गर्दै उनले संवेदनशील घटनामा प्रहरी सुरुदेखि नै गम्भीर र सक्रिय हुनुपर्ने बताए।

अन्सारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, प्रहरीको कार्यशैली सुधार गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न पनि उनले आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*