ईपीएस परीक्षा पुस १ गतेदेखि

कोल्हवी न्यूज
२०७८ कार्तिक २९, सोमबार १८:५८ गते

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।

विशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संशाधन विभागसँग सहमति भएसँगै पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।

कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*