बारा १ का माननीय धिमालको स्वकीय सचिव छनोटका लागि २१ जना आवेदक सर्टलिस्टमा

कोल्हवी न्यूज
२०८३ श्रावण ३१, आईतवार १३:३८ गते

कोल्हवी ।बारा १ का माननीय धिमालले आफ्नो सामाजिक संजाल मार्फत स्वकीय सचिव पदपूर्तिका लागि माग गरिएको आवेदनमध्ये २१ जना आवेदकको दरखास्त फाराम स्वीकृत गरी सर्टलिस्ट सार्वजनिक गरिएको छ।

 

 

 

२०८३ साल साउन २२ गते प्रकाशित स्वकीय सचिव आवश्यकतासम्बन्धी सूचनाअनुसार साउन ३० गते आवेदन दिने समयसीमा समाप्त भएको थियो। निर्धारित समयभित्र प्राप्त आवेदनमध्ये आवश्यक प्रक्रिया पूरा गरेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको स्वकीय सचिवको पदपूर्ति समितिले जनाएको छ।

 

 

 

सर्टलिस्टमा परेका आवेदकहरूको २०८३ साल भदौ २ गते अनलाइन माध्यमबाट अन्तर्वार्ता परीक्षा लिइने र सोही प्रक्रियाबाट स्वकीय सचिव छनोट गरिने जनाइएको छ। अन्तर्वार्ताको समय भने भोलि बेलुका जानकारी गराइने समितिले जनाएको छ।

 

 

 

सर्टलिस्टमा परेका आवेदकहरूमा कुन्दन चौधरि,बारागढि, दिपेन्द्र साह कलैया,सुर्य पौडेल कोल्हबी,बिशाल अधिकारी कोल्हबी,सर्फु आलम अन्सारी,धुप लाल सहनी, बारागढि, बिरोध चौधरी, कोल्हबी,सुरेन्द्र रौनियार बारा, रबिन्द्र प्र. चौधरी, कोल्हबी, ब्रज किशोर पटेल, काठमाडौ,अन्जल यादब फ. बि. रौतहट, सुरेश दास कोल्हबी, सन्जय अधिकारी, डा. नवीन गौतम काठमाडौ, सिर्जना गेलाल काठमाडौं, इ. उत्तम गौतम हेटौंडा, प्रदिप धिमाल काभ्रे, सुमन मैनाली काभ्रे,धिरज अधिकारी निजगढ,म. इर्फान अन्सारी हर्नैया र भुमानिधी पौडेल काठमाण्डौ रहेका छन्।

 

 

 

समितिका संयोजक तथा माननीय गणेश धिमालले स्वकीय सचिव छनोट प्रक्रिया निर्धारित विधि र प्रक्रियाअनुसार अघि बढाइने जानकारी दिएका छन्। अन्तर्वार्तामा सहभागी हुने सबै सर्टलिस्टेड आवेदकलाई तोकिएको समयमा अनलाइन माध्यमबाट उपस्थित हुन आग्रह गरिएको छ।

 

 

स्वकीय सचिव छनोट प्रक्रियाको अन्तिम नतिजा अन्तर्वार्ता तथा मूल्यांकनपछि सार्वजनिक गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*