सर्वोच्चमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति महासंघको आपत्ति

कोल्हवी न्यूज
२०७८ कार्तिक २९, सोमबार १८:५५ गते

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीमाथि भएको समाचार संकलनमा अवरोध र दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ। महासंघले सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै भइरहेको विरोध कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध र दुर्व्यवहार गरिएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएको हो।

महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ। ‘महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

साथै, विज्ञप्तिमा सर्वोच्चमा देखिएको गतिरोधप्रति चासो र चिन्तासमेत प्रकट गरिएको छ। सोमबार पनि सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि सर्वोच्च परिसरमा समाचार संकलनमा अबरोध र दुर्व्यवहार गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*