नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि काठमाडौं फर्किए

कोल्हवी न्यूज
२०८३ श्रावण २८, बिहीबार १३:२० गते

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि काठमाडौं फर्किएका छन्।

देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए।

देउवा पत्नी आरजु राणा देउवासहित गत कात्तिक १० गते राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए।

देउवा काठमाडौं फर्किएको खबर पाएपछि उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*