एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन प्रदेश २ का उद्योगमन्त्रीले राजीनामा दिने

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार २०:०९ गते

प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने भएको छ । सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो प्रदेश २ सरकारमा सहभागी हुने भएका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सामेल गर्नका लागि आफ्नै पार्टीबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका रामनरेश रायलाई राजीनामाका लागि निर्देशन दिएका छन् । स्रोतकाअनुसार मन्त्री रायले आजै साँझ वा भोलिसम्ममा राजीनामा दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री राउतले यसअघि सामाजिक विकासमन्त्री नवलकिशोर सुडीको राजीनामा माग गरेका थिए । विगतमा राजेन्द्र महतोको साथ छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका उनले सरकारमै रहने अडान लिएपछि भने उद्योगमन्त्री रायलाई राजीनामा दिन लगाइएको हो ।

उनले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका महतोलाई मन्त्री बनाइने भएको छ । सम्भवतः सोमबार नै मन्त्रिपरिषद्मा हेरफेर हुने स्रोत बताउँछ । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*