चुनावमा कसैसँग गठबन्धन गर्ने सहमति भएको छैन : प्रधानमन्त्री देउवा

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार २०:०२ गते

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् ।आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

उनले कांग्रेसले एक्लै चुनावमा लड्न सक्ने बताए । ‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन,’ उनले भनेका छन् । देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्‍याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*