उच्च अदालत वीरगञ्जमा २९ प्रतिशत मुद्दा अझै फर्छ्योट हुन बाँकी

कोल्हवी न्यूज
२०८३ श्रावण १४, बिहीबार १५:४५ गते

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा आर्थिक वर्ष २०८२/०८३ का कुल मुद्दामध्ये करिब २९ प्रतिशत मुद्दा अझै फर्छ्योट हुन बाँकी रहेका छन्।

अदालतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार आर्थिक वर्षभर दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी कुल ८ हजार २२४ मुद्दामध्ये ५ हजार ८४६ मुद्दा फर्छ्योट गरिएको छ। यससँगै अदालतको वार्षिक मुद्दा फर्छ्योट दर ७१.०८ प्रतिशत पुगेको छ भने २ हजार ३७८ मुद्दा अझै विचाराधीन रहेका छन्।

अघिल्ला आर्थिक वर्षहरूको तुलनामा मुद्दा फर्छ्योटको दरमा सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा कुल ८ हजार मुद्दामध्ये ४ हजार ५२८ र आर्थिक वर्ष २०८१/०८२ मा ८ हजार ३२९ मुद्दामध्ये ४ हजार ७३५ मुद्दा फर्छ्योट गरिएको थियो।

उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीका अनुसार हाल फैसला हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, १२ देखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*