कप्तानगन्ज घटनाको विरोधमा जनकपुरमा प्रदर्शन, बजार आंशिक बन्द

कोल्हवी न्यूज
२०८३ श्रावण १४, बिहीबार १३:१० गते

सुनसरीको कप्तानगन्ज घटनाको विरोधमा बिहीबार धनुषाको जनकपुरधाममा विभिन्न हिन्दु धर्मप्रति आस्थावान् संस्थाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा बिहानदेखि जनकपुरधामका विभिन्न मुख्य चोकमा टायर बालेर नाराबाजी गरिएको छ।

प्रदर्शनका कारण जनकपुरधाममा आंशिक रूपमा बजारसमेत बन्द भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार शान्ति–सुरक्षालाई ध्यानमा राख्दै व्यवसायीहरूले स्वेच्छाले पसल बन्द गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काका अनुसार रामानन्द चोक, पीडारी चोकलगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन भइरहेको छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै अवस्थाको निगरानी गरिरहेको जनाएको छ।

प्रदर्शनकारीहरूले कप्तानगन्ज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै विभिन्न नाराबाजी गरेका छन्। हालसम्म प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*