जनकपुरमा दुई समुदायबीच तनाव बढेपछि कर्फ्यु आदेश जारी

कोल्हवी न्यूज
२०८३ श्रावण १४, बिहीबार १४:५४ गते

दुई समुदायबीचको तनाव बढ्दै गएपछि धनुषाको जनकपुरधामका सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। बढ्दो तनावलाई नियन्त्रणमा लिई शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले प्रशासनले कर्फ्यु लागू गरेको जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै, सुरक्षा निकायलाई संवेदनशील क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*