सर्लाहीको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ५७ हजार नगदसहित एक जना पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण १०, आईतवार १५:५७ गते

सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको नेपाली ७ लाख ५७ हजार रुपैयाँ नगद र मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।

सीमा सुरक्षा गुल्म हेडक्वार्टर मलंगवा, सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले साउन १० गते मलंगवा नगरपालिका–८ स्थित सीमावर्ती क्षेत्रबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

नियमित चेकजाँचका क्रममा फेला परेको नगद रकमको वैधानिक स्रोत तथा आवश्यक कागजात पेश गर्न नसकेपछि सशस्त्र प्रहरीले रकम ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*