अब जुनसुकै देशबाट भिडियो कल गरेर ५ मिनेटमै एनएमबि बैंकमा खाता खोल्न सकिने

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार १८:३६ गते

एनएमबि बैंकले भिडियो कल गरेर ५ मिनेटमा खाता खोल्न सकिने योजना सार्वजनिक गरेको छ । आइतबार बानेश्रको एभरेस्ट होलटमा आयोजना भएको एक कार्यक्रमका बीच बैंकले यस्तो योजना सार्वजनिक गरेको हो ।

भिडियो केवाईसी ल्याएसँगै एनएमबि बैंक नेपाली बैंकिङ जगतमै पूर्ण रूपमा डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक बनेको छ । ग्राहकहरूले विश्वको जुनसुकै देशमा बसेर पनि भिडियो केवाईसी विधिबाट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरूले कार्यालय समयमा एनएमबिमा भिडियो कल गरेर खाता खोल्न  र आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । भिकेवाईसीका लागि ग्रहाकहरुले http://vvc.nmb.com.np मा गएर आफ्नो विवरण अपडेट गराउन सक्ने बैंकले जनाएको छ ।

त्यस्तै बैंकको बाण्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त भएका छन् । आज भएको सोही पत्रकार सम्मेलन मार्फत बैंकले उक्त कुराको जानकारी दिएको हो । नेपाल टेलिभिजनको एडिटिङ, म्युजिक भिडियो हुँदै शाह नेपाली सिनेमा जगतमा प्रवेश गरेका हुन् ।

बैंकको एम्बेस्डर भएर काम गर्न पाएकोमा अभिनेता शाहले खुसी व्यक्त गरेका छन् । बैंक र शाह बीच एक वर्षको सम्झौता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*