जिल्लाबाट साथीहरु रोएर फोन गरेका छन्, कहिलेसम्म मुन्टो बटार्ने ? : रामचन्द्र पौडेल

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार १८:१३ गते

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासमक्ष आक्रोश व्यक्त गरेका छन् ।

उनले पार्टी कार्यालयमा बैठक गर्न नसकिएको, भाग्नुपर्ने अवस्था आएको, जिल्लाबाट नेता तथा कार्यकर्ताले न्याय नपाएको भन्दै रुँदै फोन गरेको भन्दै समस्या समाधानका लागि नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

“रौतहटका साथीहरु चिसो छिँडीमा छन् । हामी पार्टी कार्यालयमा बैठक गर्न नसकेर भागेर बूढानीलकण्ठमा बस्नुपरेको छ । तपाईंको जिल्लाका साथीहरु पनि १ गतेबाट अनसन बस्ने भनेका छन् । त्यहाँ एकथरीको नाम काटिएको छ । त्यो हामीले सम्बोधन गर्ने कि नगर्ने रु समस्या नबुझेर मुन्टो बटारेर पार्टी बलियो हुन्छ रु कहिलेसम्म भाग्ने हामी रु जिल्लाबाट साथीहरु रोएर फोन गरिरहेका छन् ।”

केन्द्रीय समितिको बैठकमा अर्का नेता डा। रामशरण महतले उजुरी आएको विषयमा समितिले गम्भीर भएर छलफल गर्नुपर्ने बताए ।

उनले गुटको आधारमा नभइ भ्रातृ संगठनको पनि विधानअनुसार अघि बढेर निर्णय गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*