राष्ट्रिय उपभोक्ता मञ्च पर्साको १५ सदस्यीय नयाँ कार्यसमिति गठन, साबिर हुसैन अध्यक्ष चयन

कोल्हवी न्यूज
२०८३ श्रावण २, शनिबार १३:११ गते

वीरगञ्ज। राष्ट्रिय उपभोक्ता मञ्च पर्साको १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा साबिर हुसैन चयन भएका छन्। उपभोक्ताको हक, हित र अधिकारको संरक्षण, बजारमा हुने अनियमितता तथा कालोबजारीविरुद्ध प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ नयाँ कार्यसमिति गठन गरिएको जनाइएको छ।

 

 

 

 

कार्यसमितिको उपाध्यक्षमा रंजीत पांडेय, शैलेन्द्र त्रिपाठी र परवेज अहमद गदी चयन भएका छन्। सचिवको जिम्मेवारी कृष्ण मोहन सहनीलाई दिइएको छ भने बविता कुमारी मण्डल सहसचिव र संकर यादव कोषाध्यक्ष चयन भएका छन्।

 

 

 

 

त्यसैगरी सदस्यहरूमा बिकु गुप्ता, सुमित गुप्ता, श्यामबाबु पांडेय, रूपशीला जैसवाल, कृष्ण कुशवाहा, अजय पटेल, अनिल कुमार गुप्ता तथा मंजय शर्मा रहेका छन्। कार्यसमितिलाई आवश्यक सुझाव र मार्गदर्शन प्रदान गर्न धर्मेन्द्र उपाध्याय, किरण सरकार, ज्ञानेन्द्र सिंह, अभिषेक तिवारी र विशाल ठाकुरलाई सल्लाहकारमा मनोनयन गरिएको छ।

 

 

 

 

नवनिर्वाचित कार्यसमितिले उपभोक्ताको अधिकार सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै बजार अनुगमन, उपभोक्ता सचेतना अभिवृद्धि, गुणस्तरीय वस्तु तथा सेवामा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै बजारमा कृत्रिम अभाव, कालोबजारी, अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरणजस्ता गतिविधिविरुद्ध आवाज उठाउने र उपभोक्ताको हित संरक्षणका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। नयाँ कार्यसमितिको गठनसँगै पर्सामा मञ्चका गतिविधिहरूलाई थप सक्रिय, प्रभावकारी र जनमुखी बनाइने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*