आयो ‘ओभर डोज’ को ट्रेलर
अमेरिकामा निर्माण भएको फिल्म ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १७ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । सुमन पौडेल निर्देशित फिल्ममा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
‘ओभर डोज’ दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा।लिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मलाई जीवन कुमार केसीले निर्माण गरेका हुन् । निर्माता जीवन कुमार केसीले युवापुस्ताको रुचिलाई ध्यानमा राखेर युवापुस्ताकै वास्तविक कथामा फिल्मलाई निर्माण गरेको जानकारी दिए । फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ ।
कमल पाण्डेको भिजुअल इभेक्ट रहेको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्मलाई उपत्यकामा जि।जि ग्रूप र उपत्यका बाहिर एफ।डि कम्पनीले वितरणको जिम्मा लिएको छ । कोरोनाले थला परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान गराउने उद्देश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठले बताएका छन् ।









