पर्सा पकाहमैनपुरका शिक्षकहरु विद्यालय बन्द गरेर भ्रमणमा, गाउँपालिकाद्वारा ५ लाख सहयोग

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार ०६:५३ गते

चाडपर्व बिदा सकिएर विद्यालय खुल्ने बेलामा पर्साको पकाहामैनपुर गाउँपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरू भ्रमणमा निस्किएका छन् ।

विद्यालय बन्द गरेर शिक्षकहरू भ्रमण गर्न गएको एक अभभिावकले नाम नबताउने शर्तमा बताए । स्रोतका अनुसार शुक्रबारदेखि मंगलबारसम्म पाँच दिनका लागि शिक्षकहरू भ्रमणमा निस्किएका हुन् ।
काठमाण्डौ, पोखरा, लुम्बिनी लायतका स्थानमा भ्रमण गर्ने योजनाअनुरुप निस्किएका शिक्षकहरुलाई गाउँपालिका कार्यालयले ५ लाख रकम आर्थीक सहयोग गरेको बुझिएको छ ।

पालिकाभित्रका करिब ८८ जना भ्रमणमा निस्कने योजना रहे पनि ६७ जना मात्र शिक्षकलगायतका कर्मचारीहरू भ्रमणमा गएका छन् । गाउँपालिका अध्यक्ष विजय चौरसियाले विगत लामो समयदेखि शिक्षकहरूका लागि पालिकाबाट छुट्याइएको बजेटलाई सदुपयोग गरेको बताउँदै नमुना विद्यालयको भ्रमण गर्ने उद्देश्यले शिक्षकहरू शैक्षिक भ्रमणमा गएको प्रतिक्रिया दिए ।

तर यता अभिभावकले भने कोरोना भाइरसको महामारीका कारण ढिला शुरु भएको शैक्षिक सत्रमा छिटो विद्यालय खोलेर पाठ्यक्रम सक्नुपर्नेमा भ्रमण गर्नु अनुचित भएको बताएका छन् ।

यद्यपी शिक्षकहरुलाई भ्रमण गर्ने भनेर गाउँपालिकाले बजेट बिनियोजन गरेको भएपनि भ्रमण गर्ने उचित समय भने अहिले नभएको कतिपयको टिप्पणी छ । लामो समयदेखि निषेधाज्ञाका कारण बन्द रहेका विद्यालयहरु ढिला गरी पठनपाठन शुरु भएपनि पुनः दसै, तिहार र छठको विदा थियो । विदा सकिएपछि यथाशिघ्र विद्यालय सञ्चालन गरेर पाठ्यक्रम सक्नुपर्नेमा भ्रमणतर्फ जानुले विद्यार्थीहरुको पठनपाठनमा समेत असर पर्ने अभिभावकहरुको प्रतिक्रिया छ । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*