नेपाली कांग्रेस पर्साका एक गुटको दबावमा २७ गतेदेखि हुने गाउँ/नगर वडा अधिवेशन स्थागित

नेपाली कांग्रेस केन्द्रिय समितिले पार्टीभित्रको विवाद टुङ्ग्याएको भनिरहेका बेलामा पर्सा जिल्लामा भने गुटगत खटपट शुरु भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मुखमा नेपाली काँग्रेस पर्साको परम्परागत गुटभित्रै खटपट सुरु भएपछि यसको फाइदा विपक्षी दललाई हुने आँकलन पनि गरिएको छ ।
कार्तिक २७ गतेदेखि पर्सामा शुरु हुने गाउँ÷नगर र वडा अधिवेशन नेपाली काँग्रेस पर्साभित्र देखिएको गुटगत विवाद र खटपटका कारण स्थागित भएको छ । आपसी मतभेदका कारण नेपाली कांग्रेस पर्साका एक गुट अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस पर्सा श्रोतले जनाएको छ ।
आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी दिए् । नेपाली कांग्रेस पर्सा निर्वाचन समितिले एक सूचना निकाली अर्को सूचना नआउन्जेल सम्म गाउँ÷नगरको वडा अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ । नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले केही प्राविधिक काम बाँकी रहेकोले दुई तीन दिनमै पूरा गरी अधिवेशन गर्ने कार्यक्रम तय भएको प्रतिक्रिया दिए । यात्राडेलीबाट









