नेकपा एमाले फत्तेपुर वडा कमिटिका सम्पूर्ण पदाधिकारी एकीकृत समाजवादीमा समाहित
सत्ताबाट बाहिरिएर पार्टि बिभाजनको पिडा भोगिरहेको नेकपा एमालेमा कतै पार्टि प्रवेशको ओईरो लागेको छ भने कतै एमाले पार्टि भित्रै पहिरो जानेक्रम सुरु भएको छ । बाराको जीतपुर–सिमरा उपमहानगरपालीका–१२ फत्तेपुरमा नेकपा एमाले जील्ला कमिटिका सदस्य र सिङ्गो वडा कमिटि नेकपा एकिकृत समाजवादिमा समाहित भएको छ ।
नेकपा एमाले वडा कमिटि अध्यक्ष राम बिहारी चौधरीको अध्यक्षतामा बसेको बैठकले नेकपा एमालेको एउटा समुहले पार्टिको विधान बिपरित साधारण सदस्यता नै नभएकाहरुलाई जिल्ला कमिटि र वडा कमिटिमा समावेस गरी समानान्तर वडा कमिटि गठन गरी द्धन्द्ध निम्त्याएकोले नेकपा समाजवादिमा प्रवेस गर्नुको कुनै विकल्प नरहेको जिल्ला कमिटि सदस्य ईश्वर ढकालले बताउनुभयो ।
विगतमा नेकपा समाजवादिका माधव कुमार नेपालकै गल्तीले पार्टि बिभाजन भएको भ्रममा रहेका आफुहरु हाल आएर त्यो सत्य नभई केपि ओलीको दम्भका कारण पार्टि टुक्रिएको प्रष्ट भएको ढकालको भनाई छ । एमालेको चुनाव चिन्ह सुर्य बाराबाटै उत्पती भएर देशब्यापि बनेको ईतीहाँस स्मरण गर्दै नेता ढकालले नेकपा समाजवादिको कलम चुनाव चिन्हपनि बाराबाटै स्थापित भई देशब्यापि हुने दाबी गर्नु भयो ।
अग्रज नेता उदयराज पाण्डेले सर्वप्रथम सुर्य चिन्हलाई बाराबाट स्थापित गरेको र दशकौ अघि डा। खिमलाल देवकोटाले कलम चिन्हमा वीरगंजस्थित ठाकुरराम बहुमुखि क्याम्समा चुनाव लडेको नेता ढकालको जीकिर छ ।
यस्तै विगत ४६ सालदेखि एमालेमा रहेर योगदान दिईरहेको तर हालको समयमा ओली समुहले एमालेमा हलिया प्रथा चलाउन लागेकाले आफुहरु एमालेमा अटाउन नसक्ने अध्यक्ष राम बिहारी चौधरीले टिप्पणी गर्नुभएको छ ।









