नेकपा एमालेको कोल्हबी नगर अधिवेशन सम्पन्न, पुरनदेव चौधरीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि गठन

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार ०६:४३ गते

बारा जिल्लाको कोल्हबीमा नेकपा एमालेको नगर अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनमा ७५ सदस्यीय सहित नगर अध्यक्षमा पुरनदेव चौधरीलाई सर्व सहमतबाट चुसनएको हो ।

हिजो शुक्रबार नेकपा एमालेको प्रथम नगर अधिबेशन प्रमुख अतिथि पार्टिका स्थायी कमिटि सदस्य तथा पुर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नु भएको थियो । सो उद्घाटन कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य प्रभु साह, पुर्व मन्त्री पुरुषोत्तम पौडेल,केन्द्रिय सदस्य अच्युत मैनाली ज्वाला साह , प्रदेश सांसद त्रिलोकी चौधरी, जिल्ला अध्यक्ष देवनारायण चौधरी लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिति ज्ञवालीलाई पार्टिका युवाहरुले मोटरसाईकलमा स्कटिङ्ग गरेर कार्यक्रम स्थल तामागढी पार्टि प्यालेस सम्म पु¥याएका थिए । र उनलाई कोल्हबीका नगर प्रमुख भरत भण्डारी लगायत पार्टिका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

एमालेको प्रथन कोल्हवी नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता प्रभु साहले माधव नेपालले आफ्नो कलंकित ईतिहासको पुनरावृत्ति गरेर देउवाको पाउमा दाम चढाएको बताए । कम्युनिष्टको साझा मतबाट निर्वाचित भई घोर प्रतिक्रियावादी कांग्रेसको सरकार बनाएर जनताको मतलाई समेत अपमान गरेको नेता साहको भनाई छ । नेता साहले माधव नेपाल कम्युनिष्ट आन्दोलनसंग गद्दारी गरि आन्दोलनमा एउटा कालो धब्बा बनेकोले पखालेर फाल्नुपर्ने बताए । तपाईहरुले हेर्नुसक्नुहुन्छ, गत निर्वाचनमा कम्युनिष्टहरु एकजुट भएर चुनाव लडेका थिए । दरिलो कम्युनिष्ट केन्द्र बनाउने महान अभियानका साथ जनताले अपार मत दिएर जनादेशमार्फत कम्युनिष्ट सरकारको गठन भयो । पछि पार्टी एकता पनि भयो ।“ नेता साहले भने, “तर विगतमा प्रधानमन्त्री बन्नका लागि राजाको पाउमा दाम चढाएका माधव नेपालले कम्युनिष्ट एकता भएको देख्न सकेनन् । विभिन्न तिकडम अपनाएर एकता विघटन मात्रै गराएनन आफ्नो कालो ईतिहास पुनरावृत्ति गरी देउवाको पाउमा दाम चढाउन पुगिहाले । माधव नेपाल कम्युनिष्ट आन्दोलनको एउटा कलंक हो, कलंकलाई उखालेर फाल्नुपर्छ लगायतको भनाईहरु मन्तब्यको क्रममा ब्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*