मनसुनमा बालबालिकाको स्वास्थ्य जोगाउन अपनाउनुपर्ने ७ सावधानी
वर्षायाममा चिस्यान, ओस, ढुसी र दूषित खानाका कारण बालबालिकामा विभिन्न सङ्क्रमण तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्छ। त्यसैले यी सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।
- खेलौना सफा राख्नुहोस्: नरम (सफ्ट) खेलौना नियमित तातो पानीले धोएर राम्ररी सुकाउनुहोस्। यसले एलर्जी गराउने डस्ट माइट्स कम गर्छ।
- टुथब्रस सही ठाउँमा राख्नुहोस्: ब्रसलाई शौचालयबाट टाढा, खुला हावामा ठाडो राखेर सुकाउनुहोस्। यात्रा बाहेक क्याप नलगाउनु राम्रो।
- घरको ओस र ढुसी हटाउनुहोस्: भित्तामा ढुसी वा ओस देखिए तुरुन्त सफा गर्नुहोस्। यसले खोकी, एलर्जी र दमको जोखिम घटाउँछ।
- सही जुत्ता–चप्पल लगाइदिनुहोस्: रबर वा ईभीएका जुत्ता-चप्पल प्रयोग गराउनुहोस्। खुट्टा र औँलाबीचको भाग सधैं सुक्खा राख्नुहोस्।
- भिजेका कपडा तुरुन्त धुने र सुकाउने: आइरनले मात्र ढुसी नष्ट हुँदैन। भिजेका कपडा राम्ररी धोएर घाम वा हावामा सुकाउनुहोस्।
- एसीको ‘ड्राई मोड’ प्रयोग गर्नुहोस्: घरभित्रको चिस्यान कम गर्न एसीको ड्राई मोड वा डिह्युमिडिफायर प्रयोग गर्नुहोस्। एसीको फिल्टर नियमित सफा गर्नुहोस्।
- ताजा र सुरक्षित खाना दिनुहोस्: सडक किनारका जुस, काटेर राखिएका फलफूल र बरफयुक्त पेय पदार्थ नदिनुहोस्। फलफूल र सागपात राम्रोसँग पखालेर मात्र खान दिनुहोस्।
- समस्या देखिए चिकित्सकको सल्लाह लिनुहोस्: बान्ता, पखाला, लगातार खोकी वा एलर्जी देखिए तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहोस्।
विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार सुरक्षित खाना, सफा पानी र राम्रो सरसफाइको बानीले बालबालिकामा हुने धेरै सङ्क्रमणबाट बचाउन मद्दत गर्छ।एजेन्सी










