भारत–नेपाल सीमामा सक्रिय मोटरसाइकल चोरी गिरोहका पाँच पक्राउ, चार नेपाली

कोल्हवी न्यूज
२०८३ असार १९, शुक्रबार १७:५१ गते

एजेन्सी । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहमाथि भारतीय प्रहरीले कारबाही गर्दै चोरीका चार वटा मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको छ।

भारतीय प्रहरीका अनुसार पक्राउ परेकामध्ये चार जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा एक आरोपितको बयानका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको बताइएको छ।

अनुसन्धानबाट उक्त गिरोहले भारतका सीमावर्ती क्षेत्रबाट मोटरसाइकल चोरी गरी नेपालतर्फ ल्याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट चार वटा चोरीका मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै, गिरोहमा संलग्न अन्य व्यक्तिहरूको पहिचान, खोजी तथा पक्राउ अभियानलाई समेत तीव्र पारिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*