राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी मुद्राको विनिमयदर

कोल्हवी न्यूज
२०८३ असार १७, बुधबार ०६:३३ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०० रुपैयाँ ७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ ६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ २८ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ २४ पैसा र कतारी रियालको खरिददर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*