पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ कटौती
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिक उडानतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको आधा सिलिन्डरको मूल्य एक हजार ३० रुपैयाँ र पूर्ण सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।.jpg)










