नेपाली फिल्मले प्रदर्शन मिति तोक्दै, २७ फागुनदेखि ‘सम्हालिन्छ कहिले मन’

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार १७:४६ गते

बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक तानेपछि प्रदर्शन रोकिएका नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन्। “चपली हाइट ३”, “म यस्तो गीत गाउँछु २” पछि “सम्हालिन्छ कहिले मनुले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म आउँदो फागुन २७ देखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग बेलायतमा खिचिएको छ भने एउटा गीत र केही दृश्य दुबईमा खिचिएको छ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ।

सुदर्शनकै निर्देशनमा बनेको “म यस्तो गीत गाउँछु २” माघ १९ देखि प्रदर्शनमा आउँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*